भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान


 



काठमाडौं, कात्तिक २०
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ । भारतीय सेनाध्यक्ष नरवणे तीन दिने नेपाल भ्रमणमा छन् । उनी बुधबार काठमाडौं आएका थिए ।

प्रकाशित मिति: २० कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्