नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार १२६ पुग्याे


 


काठमाडाैं, कार्तिक २४
काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्षु हुनेकाे संख्या १ हजार १२६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ७९८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्