नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ४८ पुग्याे


 


काठमाडौं, कार्तिक २५
नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १८ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार ७ सय ३६ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ३५ सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म १५ लाख ६४ हजार २ सय १४ जनाको पिसिआर परीक्षण भएको छ। हाल १ हजार ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २५ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्