नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो


 


काठमाडौं, कार्तिक २६
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ । आज देशभर २ हजार ५६९ संक्रमित फेला परेसँगै संक्रमितको संख्या २ लाख नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५६९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६२ हजार २४३ जना डिस्चार्ज भएका छन् ।

देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्