काठमाडौंमा थपिए ९ सय ४३ जना कोरोना संक्रमित


 


काठमाडौं, कार्तिक २७
काठमाडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा थप ९४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ३४, भक्तपुरमा ८३ र ललितपुरमा १ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। 

प्रकाशित मिति: २७ कार्तिक २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्