गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु


 


गुल्मी, मंसिर १२
इस्मामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्