कति होला सगरमाथाको नयाँ उचाई ? घोषणा हुँदै


 



काठमाडौं, मंसिर २२
विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा गरिदैछ । नेपाल सरकारले मंसिर २३ गते (भोलि) नयाँ उचाई घोषणा गर्ने भएको हो।

नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

विभागका उपमहानिर्देशक सुशील नरसिंह राजभण्डारीले मंसिर २३ गते दिउँसो साढे १ बजे आयोजना हुने उक्त कार्यक्रमका लागि पत्राचारसमेत गरेका छन् ।

नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

प्रकाशित मिति: २२ मंसिर २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्