नेकपाको स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुष ५ गते


 



काठमाडौं, पौष ५
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । बैठकले सरकारले ल्याएको संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने, संसदको बिशेष अधिवेसन बोलाउने प्रस्ताव दर्ता नगर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठले आजको बैठकमा मंगलबार साँझ बसेको संबैधानिक परिषदको बैठकले कुनै निर्णय नगरेको जानकारी प्रधानमन्त्री ओलीले बैठकलाई गराएको बताएका छन् । नेकपाको अब अर्को बैठक पुष ५ गते बस्ने र यस अघि पुष ५ गतेलाई तोकिएको केन्द्रीय कमिटीको बैठक १० गतेलाई सार्ने निर्णय समेत आजको बैठकले गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा यस अघि दुवै अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता गर्ने, सरकारले ल्याएको संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने, संसदको बिशेष अधिवेसन बोलाउने प्रस्ताव दर्ता नगर्ने र स्थायी कमिटीको आगामी बैठकमा दुवै अध्यक्षले संयुक्त प्रस्ताव ल्याउने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्