मध्य तथा पश्चिम तराईमा हुस्सु र कुहिरो


 



काठमाडौं, पौष ५
देशको पश्चिम तथा मध्य तराईका अधिकांश भू-भागमा आज बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका विभिन्न ठाउँमा आंशिक बदली रहनेछ। राति कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका भू–भागमा आंशिक बदली रहने मौसम विभागले जनाएको छ। 

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्