जब प्रचण्ड र माधबको सपना चकनाचुर भयो…


 


काठमाडौं, पुस ५
केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर त्यो ठाउँमा आफू बस्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको सपना चकनाचुर भएको छ । नेकपाका नेता जनार्दन शर्मा अविश्वासको प्रस्ताव बोकेर आज बिहान १० बजे राष्ट्रपति कार्यालय पुग्नुभएको थियो ।

अविश्वास प्रस्ताव दर्ता गरेर ओलीलाई हटाउने प्रचण्ड माधवको सपना भताभुंग भएको हो । अविश्वास प्रस्तावका लागि विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालयमा हस्ताक्षर सहितको पत्र दर्ता गर्नु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले सदर गरेपछि उनिहरुको सपना चकनाचुर भएको हो । प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएपछि प्रचण्ड समूहले सडकमा आन्दोलन गर्ने जनाएको छ ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्