आगामी तीन दिनको मौसम: हिमपातको सम्भावना


 



काठमाडौं, पौष ७
हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  ।

यसैबीच महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष ७ गते (मंगलबार)

दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

पौष ८ गते (बुधबार)

दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च हिमली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष ९ गते (बिहिबार)

दिउँसो : देशका पहाडी भूभागमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्