श्रीमानको हत्या आरोपमा महिला पक्राउ


 


रुकुम, पौष १३
रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका नम्बर ८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई प्रहरीले पक्राउ गरेको हो ।

डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

चक्कु प्रहार गरी श्रीमानको हत्या गरेको स्वीकार गर्दै डल्ली आफैं जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उपस्थित भएकी थिइन् । डल्लीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्