पूर्वराजाले मनाए झापामा नयाँ वर्ष


 


काठमाडौं, पौष १७
पूर्वराजा ज्ञानेन्द्र शाहले अंग्रेजी नयाँ वर्ष २०२१ झापामा मनाएका छन् । उनले धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर नयाँ वर्ष मनाएका हुन् ।

उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए । पूर्वराजा शाहले त्यहाँ करिब पाँच घण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिए ।

पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्