गैँडाको खागसहित जंगलबाटै एक जना पक्राउ


 



धनगढी, पौष २०
प्रहरीले गैँडाको खागसहित कैलालीबाट एक जनालाई पक्राउ गरिएको छ।

संघीय प्रहरी इकाइ कार्यालय धनगढीको टोलीले जिल्लाको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षीय नैनबहादुर कठरियालाई पक्राउ गरेको हो। पूर्व–पश्चिम राजमार्गमा ना३स ५७१८ नम्बरको रिक्सामा राखिएको खाग र उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

सिविलमा गएको प्रहरी टोलीले सुखडबाट ४ किलोमिटर पूर्व छतिवन सामुदायिक वन क्षेत्रमा खैडाको खाँगसहित कठरियालाई नियनत्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिए। पक्राउ गरिएका कठरियालाई आवश्यक कारबाहीका लागि वन कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्