वर्षासंगै हिमपातको सम्भावना, देशैभर चिसो बढ्ने


 



काठमाडौं, पौष २१
हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।

हिमपात र वर्षाका कारण चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। 

प्रदेश २ मा भने आज वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्