आज काठमाडौं यी ठाउँमा हुँदैछ विद्युत कटौती


 



काठमाडौं, पौष २५
आज ९शनिबार० काठमाडौंका २५ ठाउँ भन्दा बढी ठाउँमा विद्युत कटौती हुँदैछ ।

नेपाल विद्युत् प्राधिकरणले चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत कटौती हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङको अवस्था नरहेको जनाए पनि विद्युत कटौतीको क्रम रोकिएको छैन ।

विद्युत कटौतीको सूचना

प्रकाशित मिति: २५ पुस २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्