किशोरीमाथि सामूहिक बलात्कार आरोपमा दुई जना पक्राउ


 



डोटी, पौष २९
बैतडीको पञ्जेश्वर गाउँपालिकामा एक १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सामूहिक बलात्कारको आरोपमा पञ्चेश्वर गाउँपालिका–४ का प्रविन चन्द र धर्मेन्द्र चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । एक जनालाई बैतडीबाट र अर्कोलाई कञ्चनपुरबाट नियन्त्रणमा लिइएको उनले बताए ।

उनकाअनुसार पक्राउ परेका दुवैको उमेर करिब २३÷२४ वर्षको छ । दुवै जना युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए । किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दर्ता भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको हो ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक किशोरीमाथि गत पुस १५ गते दुई जना युवाले सामूहिक बलात्कार गरेको भन्दै बुधबार किटानी जाहेरी दर्ता भएको हो ।

प्रकाशित मिति: २९ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्