दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते


 



धनगढी, माघ २
कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा गएराति दुई मोटर साइकल ठोक्किएर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटना हुँदा अन्य दुई जना घाइते भएका छन् । 

दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप।प्र। ०१।००।७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहरा गम्भीर घाइते भएका थिए । 

उपचारका लागि जोशीलाई धनगढीस्थित निशंर्ग अस्पताल र बोहरालाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । दुवैजनाको उपचारका क्रकमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । उनीहरुको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्