म्यानचेस्टर सिटी शीर्ष स्थानमा


 


manchesterकाठमाण्डौ, कार्तिक २

इङ्लिश प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाईटेडले गोलरहित बराबरी खेलेका छन् ।

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा दुबै टोलीले केही राम्रा अवसर खेर फालेका थिए । यो बराबरीसँगै लिभरपुलले अंक तालिकाको शीर्ष स्थानको म्यान्चेस्टर सिटीलाई भेट्ने अवसर गुमाएको छ ।

लिगमा ८ खेलबाट १९ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । समान १९ अंक जोडेको आर्सनल गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको टोटनह्याम हट्सपरको १८ अंक छ ।

१७ अंक जोडेको लिभरपुल चौथो स्थानमा रहँदा १६ अंकसहित चेल्सी पाँचौ स्थानमा छ । म्यानचेस्टर युनाईटेड भने १४ अंकका साथ सातौं स्थानमा समेटिएको छ ।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्