नेप्सेमा सुधार, कुन कम्पनीकाे सेयर मूल्य बढ्याे ?


 


nepseकाठमाडाैं, कार्तिक २

दसैँपछि झरिरहेको नेप्से मंगलबार भने सम्हालिएको छ । यस दिन कारोबारको मध्य अवधिपछि बजारको ट्रेण्ड उकालो गतिमा देखिएको छ।
१७ सय ९३ अंकबाट खुलेको नेप्से १२ बजेर ५० मिनेट जाँदा १७ सय ८२ अंकमा झरेको थियो।

अन्ततः कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा शून्य दशमलव ६३ अंकले मात्रै नेप्से घट्यो। मार्केट डेप्थ हेर्दा अधिकांश कम्पनीको अन्तिम समयमा सेयर किन्नेहरु बढेको थिए।

नेप्से सूचक सम्हालिए पनि कारोबार रकम भने ५० करोडमा सीमित भएको छ। अघिल्लो दिन ६३ करोडको कारोबार भएको थियो। १ सय १५ कम्पनीको ७ लाख कित्ता सेयर किनबेच भयो।  आजको कारोबारपछि नेप्से १७ सय ९२ अंकमा कायम भएको छ।

यस दिन अन्य, होटल र बिमा समूह सामान्य उक्लेका छन्। होटल ५.५, बिमा ८.९ र अन्य १०.९९ अंकले बढेका छन्। त्यस्तै जलविद्युत १०, बैंकिङ २.९, विकास बैंक ३.७ र फाइनान्स ३.३ अंकले ओर्लिए।

कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो। ४ करोड ७९ लाखको उसको कारोबार हुँदा बैंक अफ काठमाण्डु लुम्बिनीको ३ करोड ८५ लाखको भयो।  नाफाका आधारमा रिलायबल माइक्रोफाइनान्स र कामना विकास बैंक अग्रस्थानमा रहे। ति कम्पनीको ९ प्रतिशत बढीले सेयर मूल्य बढ्यो।

प्रकाशित मिति: २ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्