सेयर काराेबार नगरेपछि धिताेपत्र बाेर्डले गोर्खाज फाइनान्सलाई दियाे यस्ताे निर्देशन



काठमाडौँ, कार्तिक ३

नेपाल धितोपत्र बोर्डले गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स गाभिएर बनेको गोर्खाज फाइनान्सलाई सेयर कारोबार नगरेकामा प्रश्न उठाउँदै तीन दिनभित्र जानकारी दिन निर्देशन दिएको छ । बोर्डले दुई संस्था गाभिएर एकीकृत कारोबार भएको लामो समय बितिसक्दा पनि सेयर अभिलेखीकरण नगरेको सम्बन्धमा जवाफ दिन आज निर्देशन दिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

लामो समयदेखि उक्त फाइनान्सको सेयर कारोबार नभएका कारण साधारण लगानीकर्ता मारमा पर्दै आएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज पुँजीबार ४.८४ अङ्क अर्थात् ०.२७ प्रतिशतले ओरालो लाग्यो । होटल समूहको उपसूचक ०.०९ प्रतिशतले उकालो लागे पनि अन्य सबै समूहको उपसूचक ओरालो लाग्यो ।

बिमा समूहको सबैभन्दा बढी ५७.१३ अङ्क अर्थात् ०.६२ प्रतिशतले ओरालो लागेको नेप्सेले जनाएको छ । बजारमा आज रु ५६ करोड ४६ लाखको कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News