विज्ञान वरदान कि अभिशाप ?



bhudhara-photo
भूधरा उपाद्याय

‘विज्ञान वरदान कि अभिशाप’ भनेर स्कुलको पढाइमा वादविवाद गराएको सम्झना आउँछ । धेरै तर्क वितर्क सुनिएको पनि हो । खण्डन मण्डन पनि भएको हो । यो थियो केटाकेटी हुदाँको कुरा । अहिले सोच्ने गर्छु, साँच्चिकै विज्ञान अभिशाप कि बरदान ?

नेपाली बृहत् शब्दकोषका अनुसार विज्ञान भन्नाले ‘भौतिक विषयको तŒव, सिद्धान्त आदिको प्रयोगात्मक विवेचना गरिएको शास्त्र’ भन्ने बुझिन्छ । धेरैले विज्ञानलाई एउटा विषय मात्र मान्छन् तर विज्ञान भनेको प्रकृतिमा के भइराखेको छ भनेर हेर्ने र त्यसलाई गणितको शैलीमा सकेसम्म साधारण भाषा र तरिकाले व्याख्या गर्ने अनि प्रकृतिमा प्रयोग गर्ने शास्त्र हो ।

गणित एउटा यस्तो भाषा हो जसको सहायताले ब्रहृमाण्ड बुझ्न सकिन्छ । त्यही अङ्क र समीकरण प्रयोग गरेर मानिसले अनेकौँ चमत्कार गरेका छन् । पूर्णिमामा चन्द्रमाको पूजा अहिले पनि गरिन्छ तर २० जुलाई १९६९ मा चन्द्रमामा नील आर्मस्ट्रङले पहिलो मानव पाइला टेके । हाल मङ्गल ग्रहमा के गर्न सकिन्छ भनेर वैज्ञानिकहरूको चासो रहेको छ । भारतले पठाएको सेटलाइटले मङ्गल ग्रहको कक्षमा परिक्रमा गरिरहेको छ । त्यहाँबाट मङ्गल ग्रहका अनेकौँ तस्वीरहरू पठाउँदैछ ।

वास्तवमा विज्ञान भनेको कुनै नौलो कुरा होइन । हाम्रा पुर्खाहरूले हातले हान्दाभन्दा खुट्टाले हान्दा बढी दुख्दो रहेछ भन्ने कुरा पत्ता लगाए फलस्वरुरूप विभिन्न हात हतियार बनाउन थाले । यसै क्रममा परमाणु बमको निर्माण सन् १९४१ मा नोबेल पुरस्कार विजेता वैज्ञानिक अल्बर्ट आइस्टिनले गरे । उनले अमेरिकी राष्ट्रपति फ्रैंकलिन रुजवेल्टलाई यस प्रोजेक्टमा लगानी गर्न राजी गराएका थिए ।

परमाणु बमको आविष्कार हुँदा खुसीले उफ्रिएका वैज्ञानिक आइस्टिनले पनि कहिल्यै सोचेका थिएनन् कि उनकै आविष्कारले हिरोसिमा र नागासाकीमा त्यो बिनास होला भनेर । अगष्ट ६, १९४५ मा लिटिल ब्वाइ नामक बमले हिरोसिमामा प्रहार गर्दा त्यहाँ अधिकांश मानवलगायत जीवजन्तु मारिए भने वातावरणमा रेडियो एक्टिभ कणको फैलावटका कारण करिब डेढ लाख मानिसको मृत्यु भएको थियो । मृत्यु मात्र होइन कयौँ दशकसम्म त्यहाँका बच्चा अपाङ्ग जन्मिएका थिए ।

त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर अहिलेसम्म परिरहेको छ । नागासाकीमा ९ अगष्ट १९४५ मा फ्याटम्यान नामक परमाणुबम खसालिएको थियो जसमा ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । धनजनको क्षति एकापट्टि छ भने वैज्ञानिक आविष्कारको नाममा होडबाजी अझै चलिरहेको छ ।

अब सजिलैसँग भन्न सकिन्छ कि विज्ञान विनासको अर्को रूप हो किनभने विज्ञानको यति ठूलो आविष्कार मान्छेको विनासका निम्ति प्रयोग गरियो । यतिले मात्र कहाँ पुगेको छ र मान्छेलाई ¤ विश्वको शक्तिशाली बन्ने होडमा अनेकौँ हातहतियार बनिरहेका छन् । आणविक परीक्षण पनि भइरहेका छन् ।

वैज्ञानिकहरूका अनुसार हालै सेप्टेम्बरमा उत्तर कोरियाले लिटिल ब्वाइ भन्दा शक्तिशाली बमको परीक्षण गरेको छ । उत्तर कोरियाको यो पाँचौ परमाणु परीक्षण हो । परीक्षणको समयमा करिव ५.३ तिब्रताको भूकम्पको महसुस गरिएको थियो । यो बम विष्फोटन करिब १० किलोटनको हुन सक्ने वैज्ञानिकहरूको छ । एसिया पेसिफिक क्षेत्रमा अमेरिकाको बढ्दो प्रभावबाट चिन्तित रहेको उत्तर कोरियाले यो परीक्षण अमेरिकालाई देखाउन गरेको बताएको छ ।

मानव यस्तो जाति हो जो चुप लागेर एकछिन बस्न सक्दैन । केही न केही गरिरहने उसको स्वभाव हो । यही स्वभावले अनेकाँै चमत्कारहरू भएका छन् । घर, कार्यालय, कारखानामा मानिसलेभन्दा छिटो, राम्रो र गुणस्तरीय काम गर्न रोबोटको आविष्कार गरी प्रयोग गर्न थालियो । जसले गर्दा उत्पादित सामानहरू सुपथ मूल्यमा पाउन थालियो । अब युद्धमा सैनिक रोबोटको प्रयोग गरिने हुँदा मानवीय सैनिक नचाहिने भएको छ ।

यतिमात्र होइन चीनको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले बोल्न र महसुस गर्न सक्ने जियाजिया नाम दिएर नयाँ रोबोट प्रयोगमा ल्याएको छ । नयाँ रोबोटमा एउटा सुन्दर युवतीको रूप देखिन्छ ।

वयस्क खेलौना (सेक्स टोय) जुन विज्ञानको अर्को आविष्कार हो । वयस्कहरूले यौन सन्तुष्टिका लागि यसको प्रयोग गर्दछन् । यो खेलौना सबभन्दा लोकप्रिय बनेको छ । यो मानवको गुप्ताङ्गको समान आकारमा बनाइएको छ । कम्पनशील वा कम्पनरहित दुबै प्रकारका यी खेलौनामा यौनिक आनन्दका सबै उपकरणहरू पाइन्छन् । अब पतिपत्नी मिलेर बस्नु अनि आफ्ना समभोग र समवेत साटासाट गर्ने आवश्यकता नै नपर्ने भएको छ ।

अब मानवले छोराछोरी जन्माउने, तिनीहरूको हेरविचार गर्ने र पढाउनेजस्ता कामबाट पनि चाडैँ छुटकारा पाउने देखिन्छ । छोरा चाहियो वा छोरी कम्प्युटर प्रयोगशालामा गयो अर्डर ग¥यो । यसरी नै विज्ञानले दिन प्रतिदिन चमत्कार गर्दै जाने हो भने यो विश्वमा मानव पनि नक्कली र सक्कली छुट्याउनै नसकिने हुन के बेर ।

प्राकृतिक वातावरणीय परिवर्तनका कारण डाइनोसरजस्ता जीवजन्तु आज हाम्रा सामुन्ने छैनन् । वनजङ्ल फडानी र मान्छेका अतिक्रमणका कारण बाघ, हात्ती, जिराफजस्ता जीवहरू लोपन्मुख अवस्थामा छन् तर मान्छेको लोप भने मानवद्वारा निर्मित अत्याधुनिक हातहतियारका कारण हँुदैछ भन्ने सुन्दा पक्कै पनि अनौठो नलाग्ला । यसो भनेर विज्ञानलाई नकारात्मक दृष्टिले हेर्नु अन्याय हुन जान्छ । विज्ञान भनेको कोशिस हो ।

उक्त कोशिसमा धेरै आँखाहरूले परिकल्पना हेरिसकेपछि मात्र कुनै कुराको निर्णयमा पुगिन्छ । कोशिस सफल हुँदा ज्ञान बढ्यो नत्र ज्ञान जहाँको त्यही रहन्छ । हामीले मान्ने भगवान छन् भनेर अहिलेसम्म विज्ञानले प्रमाणित गर्न सकेको छैन तर पनि हामी भगवान मान्छौँ र पूजा गर्छौं । विज्ञानले कोशिस गर्दै जाँदा के थाहा कुनै दिन भगवान छन् भनेर प्रमाणित गर्न सक्छ कि ?

विज्ञानको प्रयोगका कारण एउटा औँलाले थिचिएको बटनले अन्धकार हटाएर उज्यालो बनाउन सकिन्छ । एउटै औँलाले हजारौँप्रति सामान उत्पादन गर्न सकिन्छ । हिडेर कहिल्यै पुग्न नसकिने ठाउँमा केही घण्टामै आरामले बसी बसी पुग्न सकिन्छ । एक ठाउँमा भएका घटना घरमै बसेर हेर्न पाइन्छ ।

विज्ञानलाई उपलब्धिकै रूपमा हेर्ने हो भने मुटुजस्तो संवेदनशील अङ्गको कृत्रिम प्रत्यारोपण गरी मृत्युको मुखबाट मानिसलाई फर्काउन सक्छ । शरीरका बाहिरी तथा भित्री अङ्गहरूको सफल अप्रेसन गरी तन्दुरुस्त बनाउन सक्छ । माक्रोसफ्टको एक अनुसन्धान अनुसार कृत्रिम समाचारको माध्यमबाट दुई व्यक्ति अलग भाषामा कुरा गर्दा उसकै आवाजमा तर अर्को भाषामा कुरा गर्न सक्ने भएका छन् । विज्ञानकै उपलब्धिको फलस्वरूप अब संसार एउटा गाउँमा परिणत भइसकेको छ ।

विज्ञानलाई राम्रो वा नराम्रो भनेर छुट्याउनु ज्यादै कठिन काम हो । विज्ञानलाई चक्कुजस्तै मान्न सकिन्छ । राम्रो कामको लागि चक्कु प्रयोग गरियो भने यसले मानवलाई सहयोग गर्छ तर यसको दुरुपयोग गरियो भने हानि पु¥याउँछ । खानेकुरा काट्न प्रयोग गरे भोको पेट भर्न सकिन्छ तर त्यही चक्कुले कसैको ज्यान पनि लिन सक्छ । त्यसैले विज्ञानको प्रयोग गर्न जान्यो भने यसले हाम्रो ज्ञान विस्तार गर्दै लैजान्छ ।

अन्त्यमा, विज्ञान भनेको हाम्रो दैनिक जीवन हो, जहाँ आफूभन्दा ठूलाको कुरा बुझ्छौँ र त्यसलाई अझ राम्रो गर्ने कोशिस गर्छांै । विज्ञान हाम्रो जीवनको महत्वपूर्ण खण्ड हो जुन मान्छेको जन्मपूर्व नै कायम थियो । त्यसैलाई मान्छेले विज्ञान भनेर नाम दिए । विज्ञानलाई अभिशाप वा बरदान मान्नुभन्दा विज्ञान ज्ञान हो भनेर बुझ्नु पर्छ ।

विज्ञान प्रयोग गरिने हुनाले यसको परिणाम राम्रो वा नराम्रो जे पनि हुन सक्छ । यसलाइ सहीरूपमा प्रयोग गर्नसके विश्वको नै विकास हुन्छ होइन भने यसको विकासले मानवको विनाश टाढा छैन ।

लेखकबाट थप

नेपाली भाषा परिवर्तनको संघारमा

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News