ङादी पावरले ३० प्रतिशत हकप्रद शेयर दिने


 


काठमाडाैं, कार्तिक ४

ङादी ग्रुप पावर लिमिटेडले लगानीकर्तालाई १० बराबर ३ को अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीको कात्तिक २९ मा बस्ने तेस्रो साधारणसभाले आफ्ना लगानीकर्तालाई उक्त अनुपातमा हकप्रद र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।

उक्त हकप्रद प्रयोजनका लागि कात्तिक ११ गते कम्पनीको शेयरधनी पुस्तिका बन्द हुने भएको छ । कात्तिक १० गतेसम्म कायम शेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

त्यस्तै कम्पनीको उक्त साधारणसभाले सर्वसाधारण लगानीकर्ताबाट २ जनालाई कम्पनीको सञ्चालक समितिमा नियुक्त समेत गर्ने भएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्