कृषि विकास बैंककाे १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन


 


kirsi bikas bankकाठमाडाैं, कार्तिक ४

कृषि विकास बैंकले हकप्रद सेयर निस्कासन गरेको छ । बैंकले १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । १०० कित्ता सेयर हुनेले प्रति कित्ता १ सय रुपैयाँका दरले ५० कित्ता हकप्रद सेयर भर्न सक्नेछन् ।

हकप्रद लिन चाहनेले कृषि बिकास बैंकको बिभिन्न कार्यालयका साथै एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने छन् । हकप्रदका लागि आवेदन दिने अन्तिम समय मंसिर ७ गतेसम्म रहेको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्