आज पनि घट्यो सुनको मूल्य, कतिमा झर्यो ?


 



काठमाडौं, फागुन ७
नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बजारमा आज सुन तोलामा एक हजार घट्दै प्रतितोला ८८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो प्रतितोला ८९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्