सुनको मूल्य बढ्यो, कति छ आज तोलाको ?


 



काठमाडौं, फागुन ९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ८९ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन हिजो प्रतितोला ८८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि तोलामा २५ रुपैयाँल बढेर प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्