यस्ताे छ स्ट्याण्डर्ड चार्टर्डकाे लाभांश प्रस्ताव


 


काठमाडाैं, कार्तिक ४

स्ट्याण्डर्ड चार्टर्ड बैङ्क नेपाल लिमिटेडले ३३ दशमलव ३३ प्रतिशत बोनश शेयर र १ दशमलव ७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ । बैङ्कको कात्तिक ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

सो प्रस्ताव राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र कम्पनीको साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ । त्यस्तै सञ्चालक समितिको बैठकले प्रिमियममा एफपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।  सो प्रस्ताव नियामक निकायबाट पारित भएमा सो शेयर निष्काशन गरिनेछ ।

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्