सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?


 



काठमाडौं, फागुन १३
नेपाली बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ८९ हजार तीन सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढ्फै प्रतितोला एक हजार तीन सय ५५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्