सुनको मूल्य निरन्तर घट्दै, कति छ आज ?


 



काठमाडौं, फागुन १४
नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । सुन आज पनि तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ८८ हजार आठ सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ८९ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्