सुनको मूल्य आज पनि घट्यो, कतिमा छ आज ?


 



काठमाडौं, फागुन १६
नेपाली बजारमा सुनको मूल्य दैनिक ओरालो लाग्दै आएको छ । सुन आज पनि तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ८८ हजार तीन सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्