बर्दियामा भैँसी चराउन गएका पुरुषलाई बाघले झम्टिएर लियो


 



बर्दिया, फागुन १८
बर्दियामा भैँसी चराउन गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्युु भएको छ ।

बर्दिया राजापुर १० का लालबहादुर थारुलाई भैँसी चराउन गएका बेला बाघले बाघले झम्टिएर लगेको प्रहरीले जनाएको छ ।

हात्तीको सहारामा उनको खोजी गरिएको राति नै उनको शव फेला परेको लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले बताए ।

यसअघि पुस १७ गते बर्दियामा एक महिलालाई मोटरसाइकलमा यात्रा गर्दै गरेका बेला पछाडिबाट झम्टिएर लगेको थियो ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्