आज ह्वात्तै घट्यो सुनको मूल्य


 



काठमाडौं, फागुन १८
नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन आज आज तोलामा एक हजार सात सय रुपैयाँ घट्दै प्रतितोला ८७ हजार कायम भएको छ ।

सुन हिजो प्रतितोला ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ९० कयम भएको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्