सुनको मूल्य आज बढ्यो


 



काठमाडौं, फागुन १९
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार पाँच सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय १५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्