सुनको मूल्य आज पनि बढ्यो


 



काठमाडौं, फागुन २४
नेपाली बजारमा आज सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार दुई सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ६५ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्