Deshko News
११ आश्विन २०८०, बिहिबार

हिमालयन बैंकले ६४ लाख २७ हजार ३ सय ५० कित्ता शेयर निष्काशन गर्दे



काठमाडाैं, कार्तिक ५

हिमालयन बैङ्क लिमिटेडले ७ बराबर १ (७ः१) अनुपातमा कात्तिक २६ गतेदेखि मङ्सिर ३० गते सम्म हकप्रद शेयर निष्काशन गर्दैछ ।कम्पनीको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

दोस्रो बजारमा बिहीवार रू. १ हजार ६ सय ५ मा कारोबार भइरहेको कम्पनीको हकप्रद शेयर प्रतिकित्ता रू. १ सय अङ्कित दरमा खरीद गर्न पाइने छ । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमा आवेदन दिन सकिन्छ ।

साथै हिमालयन बैङ्क कमलादी, लक्ष्मी बैङ्क, हात्तीसार बाट दरखास्त दिन पाइनेछ । कम्पनीको हकप्रद शेयर निष्काशनपछि चुक्तापूँजी रू. ५ अर्ब १४ करोड १८ लाख ८० हजार पुग्नेछ ।

हिमालयन बैङ्ककोे असार मसान्तसम्म खुद मुनाफा ७२ दशमलव २२ प्रतिशतले बढेर रू. १ अर्ब ९१ करोड पुगेको छ । कम्पनकिो प्रति शेयर नेटवर्थ १ दशमलव २३ रहेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News