सुनको मूल्य प्रतितोला ६ सय बढ्यो


 



काठमाडौं, फागुन २६
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार दुई सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ७० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्