सुनको मूल्य आज फेरि ६ सय बढ्यो


 



काठमाडौं, फागुन २८
नेपाली बजारमा आज सुनको मूल्य फेरि तोलामा ६ बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ८६ हजार दुई सय पुगेको छ । सुन हिजो मात्रै तोलामा ६ सय रुपैयाँ बढेको थियो ।

सुन हिजो प्रतितोला ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ७० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्