शेयर बजारमा दोहोरो अंकको गिरावट


 



काठमाडौं, चैत्र २
साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ।

नेप्से ०.७५ प्रतिशत अर्थात १८.०७ अंकले घटेर २३८९.१९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ५.०७ अंकले घटेर ४३०.०५ विन्दुमा झरेको छ ।

आज नेप्से परिसुचक अनुसार २१२ कम्पनीका ५२ हजार ३०९ पटक कारोवार भएर ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको ९ करोड ६० लाख ४ हजार ५२९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेडको सबैभन्दा धेरै ६.२५ प्रतिशत अर्थात २८ रुपैयाँले घटेर ४२० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्योदय लघुवित्त वित्तीय संस्थाको ८५ रुपैयाँ अर्थात ४.६१ प्रतिशतले घटेर १७ सय ५९ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

नेप्सेका अनुसार चन्द्रागिरी हिल्स लिमिटेडको सबैभन्दा धेरै ९.९५ प्रतिशत अर्थात ८८ रुपैयाँले बढेर ९ सय ७२ रुपैयाँले प्रतिशेयर मुल्य कायम भएको छ । नेप्सेको १२ उपसमुह मध्ये ५ उपसमुहका परिसुचक बढेका छन् भने बाकी ७ उपसमुहका परिसुचक घटेका छन् ।

सबैभन्दा धेरै निर्जीवन बीमा उपसमुहको सबैभन्दा १।६ प्रतिशतले घटेको हो । त्यसैगरी, बैंकिङ्ग उपसमुहको १.०१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्