कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, चैत्र ३
नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । सुन आज पनि प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सुन हिजो पनि प्रतितोला सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको मूल्य स्थीर भएपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार












