सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, चैत्र ६
नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ८६ हजार सात सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै एक हजार दुई सय ७५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्