साताको पहिलो दिन बढ्यो सुनको मूल्य


 



काठमाडौं, चैत्र ८
नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार दुई सय पुगेको छ ।

सुन शुक्रबार प्रतितोला ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ८० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्