Deshko News
११ आश्विन २०८०, बिहिबार

दोर्दीखोला लघु जलविद्युत्काे सेयर खुल्याे



पाल्पा, कार्तिक ७

दोर्दीखोला लघु जलविद्युत् कम्पनी लिमिटेडले शनिबारदेखि सेयर खुल्ला गरेको छ । लमजुङको दोर्दी–१ मा निर्माण हुन लागेको १२ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि कम्पनीले आज रामपुरमा नागरिकसँग छलफल समेत गरेको छ ।

उक्त आयोजनाको आगामी जेठभित्र निर्माणको ठेक्का सम्झौता गरी काम सुरु गर्ने आयोजनाका कर्मचारी चुडामणी पाण्डेले सो अवसरमा जानकारी दिए । रु दुई अर्ब २९ करोडको लागतमा तीन वर्षभित्र काम सम्पन्न गर्ने उद्देश्यका साथ सो आयोजनाको कार्य अगाडी बढाइएको हाे । उक्त आयोजनाका लागि दोर्दीखोलामा एक सय रोपनी जग्गा खरिद गरिएको बताइएको छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News