सुनको मूल्य घट्यो, कति छ आज ?


 



काठमाडौं, चैत्र १८
नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ८५ हजार ६ सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ९५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्