सुनको मूल्य आज पनि बढ्यो


 



काठमाडौं, चैत्र २०
नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ८७ हजार चार सय पुगेको छ ।

सुन हिजो प्रतितोला ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ४० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्