अब हवाई उडान पनि बन्द, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


 


काठमाडौं, बैशाख १९
आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

सरकारले कोभिड १९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्