गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त


 


पोखरा, वैशाख २९
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त हुनु भएको छ । उहाँले प्रदेश प्रमुख सीता पौडेलबाट बुधबार साँझ पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुर्याउन नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त हुन भएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गर्नु भएको हो। गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्