वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम, सतर्क रहन आग्रह


 



काठमाडौं, जेठ १३
बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण देशका विभिन्न ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्