आज अर्थमन्‍त्री विष्णु पौडेलले यस्तो ल्याउँदैछन् बजेट


 


आज बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट पारित बजेट दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्दै हुनुहुन्छ । अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्न लाग्नु भएको हो ।

आगामी आर्थिक वर्षको बजेट करिब १६ खर्ब रुपैयाँ बराबरको आउने तयारीमा छ ।
मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएर भाषणका लागि तयार पारिएको छ ।

संविधान अनुसार सघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा जेठ १५ गते प्रस्तुत गर्नुपर्ने बजेट यसपटक अध्यादेशमार्फत् ल्याउन लागिएको हो । अर्थमन्त्री पौडेलले शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष कार्यक्रममा बजेट भाषण गर्नुहुनेछ ।

प्रतिनिधिसभा भंग भएकाले यसपटक सरकारले अध्यादेशमार्फत् बजेट प्रस्तुत गर्न लागेको हो । महामारी नियन्त्रण र चुनावको तयारीका लागि ठूलो रकम विनियोजन गरेकाले आगामी आर्थिक वर्षका लागि तयार भएको बजेटको आकार बढेको स्रोतको दाबी छ ।

अघिल्लो आर्थिक वर्षमा १४ खर्व ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको सरकारले निर्वाचन र कोरोना महामारी नियन्त्रणका लागि ठूलो रकम विनियोजन गर्दा करिब १६ खर्ब नजिक बजेट पुगेको बताइएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्