एनएमबी बैंकले कति दिदैछ वाेनस सेयर ?


 


काठमाडाैं, कार्तिक ९

एनएमबी बैंकले २० प्रतिशत लाभांस दिने भएको छ । बैंकले १९ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गर्न बाँकी छ।

बैंकले यसअघि विदेशी रणनीतिक साझेदार नेदरल्यान्ड फाइनान्सियरिङ (एफएमओ) लाई अर्को एक अर्ब रुपैयाँको सेयर बिक्री गर्ने निर्णय गरिसकेको छ।  एनएमबीले पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स गाभ्दा एफएमओले सेयर संरचना वढाउन चाहेको थियो ।

मर्जरअघि १४ प्रतिशत सेयर रहेको एफएमओको मर्जरपछी घटेर तीन प्रतिशतमा आएको थियो ।

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्