सांग्रिलाले कसरी यति धेरै मुनाफा कमायाे ?


 


काठमाडाैं, कार्तिक १०

सांग्रिला डेभलपमेण्ट बैङ्क लिमिटेड आव २०७३/७४ को प्रथम त्रैमासिक अवधिमै रू. ६ करोड ९७ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैङ्कले सो अवधिमा रू. १० अर्ब ९४ करोड निक्षेप सङ्कलन र ९ अर्ब ८० करोड कर्जा प्रवाह गरी उक्त मुनाफा आर्जन गरेको हो ।

बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार गत आवको सोही अवधिको तुलनामा निक्षेपमा रू. २ अर्ब ४२ करोड अर्थात् २८ दशमलव ४१ प्रतिशत, कर्जामा रू. ३ अर्ब १९ करोड अर्थात् ४८ दशमलव ४० प्रतिशत तथा मुनाफामा रू. १ करोड २४ लाख अर्थात् ३८ दशमलव ८६ प्रतिशतले वृद्धि भएको हो । यस त्रैमासमा मात्र बैङ्कको खुद कर्जा लगानी वृद्धि करीब ६५ करोड रहेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्